Skip to main content
15 Chaitra 2080

बसुन्धारा चौकी, काठमाडौं, नेपाल

बिहिबार, १५ चैत २०८०

"एक नैतिक भर्ती एजेन्सी, जहाँ निष्ठाको महत्व छ"

महत्वपूर्ण जानकारीहरु

वैदेशिक रोजगारीमा जानका लागि उमेर कम्तिमा १८ बर्ष हुन अनिवार्य छ । रोजगारीमा जानका लागि झुठा विवरण वा कागजात पेश गर्नुहुँदैन ।
वैदेशिक रोजगारमा जाँदा कुन संस्थाबाट जाने हो त्यसको बैधानिकताको यथेष्ठ जानकारी लिनुहोस् । मध्यस्थकर्ता/बिचौलिया/दलाल (एजेन्ट) मार्फत् वा त्यस्तै व्यक्तिबाट जाने प्रयत्न नगर्नुहोस् । ठगिने र विदेशमा अलपत्र पर्ने प्रवल सम्भावना रहन्छ ।
वैदेशिक रोजगार भर्ना प्रक्रियामा सामेल हुनुपूर्व आफु जान चाहेको देश, कम्पनी, गर्नुपर्ने काम, सो वापत प्राप्त हुने तलव लगायत अन्य सम्पूर्ण सेवा सुविधाहरूमा स्पष्ट हुनुहोस् ।
कामको लागि विदेश जाँदा नेपालकै एयरपोर्ट प्रयोग गर्नुहोला अन्यथा ठगिने सम्भावना हुन्छ। अन्य देशको वैकल्पिक बाटो प्रयोग गरी रोजगारीका लागि विदेश नजानुहोस् । यदि कसैले तपाईलाई ललाईफकाई लैजाने प्रयत्न गर्दैछ भने स्थानीय प्रहरीलाई जानकारी गराउनुहोस् ।
लुकीछिपी वैदेशिक रोजगारीमा जाँदा कानूनी कार्वाही हुने, अलपत्र पर्ने, दुर्घटना हुने, सम्झौता बमोजिम काम नपाउने, उद्धार गर्न कठिन हुने र कल्याणकारी कोष, बीमा कम्पनीबाट प्राप्त हुने सेवा सुविधा प्राप्त नहुने हुँदा विशेष ध्यान पुर्‍याउनुहोस् ।
करार अवधि सकिएपछि पनि स्वीकृति विना, गैरकानूनी तरीकाबाट भिषाको म्याद भन्दा बढी समय नबस्नुहोस् अन्यथा सम्बन्धित देशको कानून अनुसार कार्वाही हुन सक्छ । आफ्नो राहदानीको म्याद समाप्त हुनु अगावै समयमा नै नविकरण गर्नुहोस् ।
वैदेशिक रोजगारमा जाने व्यक्तिले अनुमतिको अवधि पश्चात नियमानुसार म्याद थप नगरी अवैधानिक रुपमा विदेशमा बस्न वा काम गर्न हुँदैन । वैदेशिक रोजगार सम्झौता अनुसारको अवधि भित्र करार भंङ्ग नभएसम्म उक्त कार्य छोडेर अन्यत्र काम गर्न जान हुँदैन ।
करार अवधि सकिएपछि पुनः बीमा गराई श्रम स्वीकृति लिएर मात्र काम गर्नु पर्छ, अन्यथा दुर्घटना पर्दा बीमा र अन्य आर्थिक सहायताको सुविधा पाइँदैन ।
वैदेशिक रोजगारीमा जान लागेका व्यक्तिले विदेश प्रस्थान गर्नु अघि आफुले प्राप्त गरेका रोजगार सम्बद्ध कागजातहरूको प्रतिलिपि एक थान आफ्नो घरमा सुरक्षित साथ राख्ने र आफ्नो साथमा लिएर जानुपर्ने कागजातहरू रुजु गरी लिएर जानुहोस् अन्यथा नेपाल वा विदेशको अध्यागमन प्रस्थान कक्षमा पुगेर समस्या झेल्नु पर्ने हुन सक्छ ।
कमाएको पैसाको फजुल खर्च गर्नु हुंदैन, बचाएको पैसा विदेशबाट नेपालमा आफ्ना आफन्तहरूलाई पठाउन बैंक खाता वा रेमिटेन्स कम्पनीहरूको माध्यम प्रयोग गर्नहोस् । पैसा पठाउने क्रममा अनौपचारिक र गैरकानूनी माध्यमहरू पनि भेटिन्छन् । यस्ता संयन्त्रमा आफूले पठाएको पैसाको सुरक्षाको कुनै ग्यारेन्टी नभई पैसा डुब्ने सम्भावना हुनाले यस्तो माध्यम प्रयोग नगर्नु उचित हुन्छ ।
सम्वन्धित मुलुकको ऐन, नियम पालना गर्नु पर्दछ ।

गुनासो दर्ता माध्यम

सम्पूर्ण महानुभावहरू,
टाइटानिक म्यानपावर सप्लायर प्रा.लि.ले हरेक गुनासोलाई महत्व दिनेछ । साथै यसलाई तुरुन्त र निष्पक्ष रूपमा सम्बोधन गर्न प्रतिबद्ध छ । हामी प्रत्येक गुनासोलाई उपयुक्त तरिकाले सम्हाल्नेछौं र गुनासो कर्ताको गोपनीयता कायम राख्दै आवश्यक कदम चाल्नेछौं ।
यदि तपाईसँग कुनै गुनासो वा प्रतिक्रिया छ भने, कृपया तल उल्लेखित माध्यमहरू मार्फत् सम्पर्क गर्न अनुरोध गर्दछौं ।

+९७७-९८०१००४३४५

grievance@titanicmanpower.com

Union Dental
इजाजतपत्र नं. २८५/०५८/०५९
आई.एस.ओ. ९००१ः २०१५ प्रमाणित एजेन्सी
टाइटानिक म्यानपावर सप्लायर प्रा. लि.

© All Rights Reserved. Titanic Manpower Supplier Pvt. Ltd.
Website by Cnc.