प्रबन्ध निर्देशक
आर.बि.ए. (RBA) को नीति, नियम तथा मापदण्डहरुलाई उच्चतम स्थानमा राखेर नैतिक भर्ना प्रक्रिया पूरा गर्न हामी सदैव प्रतिबद्ध छौं ।
सबैलाई हार्दिक नमस्कार,
इमान्दारिता र आत्मबोधलाई आफ्नो मौलिक सिद्धान्त मानी सन् २००२ मा हामीले यस संस्थाको स्थापना गरेका हौं । स्थापनाकाल देखि नै हामी संवेदनशिल भई यो व्यवसाय सञ्चालन गर्दै आइरहेका छौं। यसर्थ, यो व्यवसाय पूर्ण रुपमा हाम्रो व्यवसायिक गतिविधिको एउटा अभिन्न अंग बनेको छ । यस सँगै प्रचलित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय श्रम ऐन, नियम तथा मापदण्डहरुको पालना गर्दै व्यवसाय सञ्चालन गर्न हामी उत्तिकै प्रतिबद्ध छौं ।
सन् २००७ देखि आइ.एस.ओ.(ISO) मान्यता प्राप्त यो संस्था आफ्ना व्यवसायिक गतिविधिहरुमा निरन्तर सुधारको लागि कटिबद्ध भएर लागिरहेको छ । विगत २० बर्षदेखि नै निरन्तर रुपमा हाम्रो व्यवसायिक प्रक्रिया र प्रणालिहरुको स्तरोन्नति गर्न हामी हरदम प्रयत्नशिल छौं ।
हामीले सन् २०१३ देखि वैदेशिक रोजगारमा जाने/गएका श्रमिकहरुको हक, अधिकारको रक्षा हेतु काम गरिरहेको संस्था आर.बि.ए.– रेस्पोन्सिबल बिजनेश अलायन्स (RBA-Responsible Business Alliance) सँग आबद्ध भएका कम्पनीहरु सँगको सहकार्यमा काम गर्न शुरुवात गर्यौं। आर.बि.ए. (RBA) को नीति, नियम तथा मापदण्डहरुलाई उच्चतम स्थानमा राखेर नैतिक भर्ना प्रक्रिया पूरा गर्न हामी सदैव प्रतिबद्ध छौं । यसका साथै आर.बि.ए. (RBA) ले आयोजना गरेका तालिम, सेमिनार, कार्यशाला गोष्ठि लगायतका कार्यक्रमहरुमा हामीले सक्रिय सहभागिता जनाइरहेका छौं । यसबाट वैदेशक रोजगार व्यवसायलाई थप व्यवस्थित बनाउन हामीलाई उर्जा प्राप्त भइरहेको छ ।
यसको अलावा, वैदेशिक रोजगारलाई अझ प्रभावकारी र सुदृढ बनाउने सोचका साथ यस व्यवसाय सँग सम्बन्धित अन्य राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघ, संस्थाहरुसँग हाम्रो सहकार्य निरन्तर चलिरहेको छ ।
वास्तवमा, एउटा व्यक्तिमात्र नभई सम्पूर्ण परिवारको भावना तथा भविष्य यस व्यवसायसँग जोडिने भएको हुनाले यो एउटा सामान्य व्यवसाय मात्र नभएर मानव सेवा हो भन्ने हाम्रो बुझाई हो ।
अन्त्यमा, रोजगारदाता, आवेदक तथा सम्पूर्ण सरोकारवालाहरुलाई नैतिक भर्ना प्रक्रियालाई प्रोत्साहन गर्न र स्वतःस्फूर्त रुपमा सहभागी हुन आग्रह गर्दछौं ।
धन्यवाद ।